मदिरासेवनका यूवासँग झडप, प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते

 काठमाडौँ । रुकुम पश्चिममा मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको छ।
झडपमा परेर एक प्रहरी सहायक निरीक्षक घाइते भएका छन भने ढुंगा प्रहारबाट प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा गम्भीर घाइते भएका हुन्।

घाइते कोमलराजलाई हिजो राति नै रुकुम पश्चिममा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि आज जहाजमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कपिलजंग शाहले बताए।

युवाहरूको ढुंगा आक्रमणबाट सहायक निरीक्षक कोमलराजको टाउकोमा गहिरो चोट लागेको छ। त्यस्तै तल पट्टीको तीन वटा दाँत झरेको तथा माथि पट्टीको एउटा दाँत हल्लिएको जिल्ला प्रहरी प्रवक्ता शाहले जानकारी दिए।


युवाको आक्रमणबाट प्रहरी हवल्दार कालिबहादुर बोहरा पनि घाइते भएका भने उनको दाहिने हातको बुढी औंलामा, ढाडमा चोट लागेको छ। त्यस्तै प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा चोट लागेको छ।

अन्य चार जना प्रहरी जवान समान्य घाइते रहेको प्रहरी प्रवक्ता शाहले जानकारी दिए। झडपमा परी सात जना प्रहरी घाइते भएको
पनि उनले बताए।

चाडपर्वकोबेला जथाभावि घट्ने घटनाको सुरक्षामा रहेका प्रहरीमाथि ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

पक्राउ पर्नेमा रूकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. वडा नं.१ खानेपानी टोलका १८ वर्षीय राजनप्रकाश गिरी २० वर्षीय नरेश पुन मगर, सोही ठाउँका २० वर्षीय आकाश परियार, रूकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका घर भइ हाल रूकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बस्दै आएका २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट १० का २४ वर्षीय खडानन्द केसी र मुसिकोट १ का २५ वर्षीय हरिबहादुर घर्तीरहेका छन ।।


घटनामा संलग्नमध्ये धनिराम नेपाली र स्वयल बिक भने फरार रहेको शाहले जानकारी दिए।

प्रहरीका अनुसार हिजो राति ८ः४० बजेतिर मुसिकोट १ बागबजार नजिकै छेउमा पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकको सिसा मदिरा सेवन गरेका युवाहरूले फुटाएका थिए। बियर खाँदै आएको युवाहरूको समूहले प्रहरीकै सामु बियरको बोतल प्रहार गरी ट्रकको अगाडि भागका सिसा फुटाइदिएका थिए। त्यतिखेर उक्त स्थानमा दुई जना प्रहरी मात्रै ड्युटीमा थिए।

आठ जना मातेका युवाले बियरका बोतलले ट्रकको सिसा फुटालेको देखे पनि दुई जना मात्रै प्रहरी भएकाले उनीहरूले जिल्लामा खबर गरे। त्यसपछि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम र स्थानीय अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली युवाको खोजि गर्दै अगाडि ्बढेको थियो ।

त्यसपछि सबै युवाहरू एउटा घरको कोठामा प्रवश गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा बाहिर निस्किएर प्रहरीमाथि एकाएक ढुंगामुढा गरेपछि मुठभेडको अवस्था बनेको जिल्ला प्रहरी प्रवक्ता शाहले जानकारी दिए।
फरार दुई जनाको खोजी कार्य भने तीव्र रहेको प्रहरीले जनाएको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.