क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ। आईसीसी महिला टी(२०) विश्वकपको एसियाली छनोटका लागि क्यानले आ अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको जनाएको छ।

टोलीमा कप्तान रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा,रोमा थापा, अप्सरी बेगम, सबनम राई, संगीता राई, सरस्वती चौधरीलाई क्यानले छनोट गरेको छ ।

यसैगरी अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्योति पाण्डे, ईश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर रहेका छन ।

क्यानले महिला टोलीको अन्तिम चरणको बन्द प्रशिक्षण कार्तिक ३ गतेबाट काठमाडौंमा सुरु हुने जनाएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने एसियाली छनोट भने आगामी नोभम्बरमा हुनेछ। एसियाली छनोटका खेल आगामी मंसिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुने बताइएको छ । छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ।

नेपालले खेल्ने एसियाली छनोटमा कुवेत, मलेसिया, म्यानमार भुटान, चीन, हङकङ, र यूएईले प्रतिस्पर्धा गर्नेछन्।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.