काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत भारतविरुद्धको खेल अहिले जारी छ । आधा घण्टा अघि शुरु भएको खेलमा अहिलेसम्म नेपाल र भारतले आफ्नो पक्षमा गोलको खाता खोल्न सकेको छैन ।
नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । यस्तै भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ । यसैको लागि माल्दिभ्सको मालेस्थित अन्र्तराष्ट्रिय रंगशालामा खेल जारी छ ।
यो पटक नेपालले भारतविरुद्धको खेल रोमाञ्चक बनाइरहेको छ । भारतलाई जसरी पनि हराउने चूनौती नेपाललाई छ । यता भारतलाई साफको उपाधाी जितेर निरन्तरको साख जोगाउने चूनौती छ ।
नेपाली टिम
गोलकिपर– किरण चेम्जोङ
डिफेन्डर – अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल
मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द
फरवार्ड सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, सुमन लामा