बाढी र पहिरोमापरी ११ जनाको मृत्यु, १३ बेपत्ता

एजेन्सी । भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना वेपत्ता भएका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो ।

पीडितलाई राहत प्रदान गर्न र बेपत्तामा परेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताएका हुन । बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ । पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ । लगातार रुपमा पानी परिरहेकोले उद्दार कार्य प्रभावित बनेको छ ।

 

 

 



© 2021 Quicknepal.com  |  All Rights Reserved.