साफ च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली फुटबल टोलीलाई खेलकुदमन्त्रीको भव्य स्वागत

काठमाडौं । साफ च्याम्पियनसिपमा उपबिजेता बनेका नेपाली टोली सोमबार नेपाल फर्किएको छ । इतिहासमै पहिलो पटक साफमा उपबिजेता बनेका नेपाली टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज त्रिभूवन विमानस्थलमा पुगेका हुन् ।

माल्दिभ्सबाट स्वदेश फर्किएका खेलाडीको स्वागत गर्न पुगेका खेलकुद मन्त्री गहतराजले खेलाडीको प्रशंसासँगै मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपालले भारतसँग पराजय भएपछि उपविजेताको उपाधि लिएर नेपाल फर्किएका छन् । नेपालले भारतसँग ३–० ले हारेको थियो ।

नेपाली फुटबल टोलीले रचेको इतिहासलाई सम्मान गर्दै समर्थकहरुले विमानस्थलमै समर्थनको नारा लगाएका थिए । तस्बिर सहित : 

© 2021 Quicknepal.com  |  All Rights Reserved.