काठमाडौं । बागमती प्रदेशमा आजबाट नयाँ भाडादर कायम भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको भाडादर आजबाट सार्वजनिक सवारी साधनमा लागू हुनेछ ।
मन्त्रालयले तोके अनुसार काठमाडौं उपत्यकाको सार्वजनिक यातायात चढेपछि १८ रुपैयाँ तिर्नुपर्ने छ । जुन ५ किलोमटिरसम्म लागू हुनेछ । यसैगरी १० किलोमटिरको यात्रा गरेमा २३ रुपैयाँ, १५ किलोमिटरसम्मका लागि २७ रुपैयाँमा भाडा तिर्नुपर्नेछ । यसका साथै २० किलोमिटरमा ३० रुपैयाँ र सोभन्दा धेरै किलोमिटरको यात्रामा ३५ रुपैयाँ भाडादर कायम गरिएको छ ।
उपत्यकाबाहिरका लागि भने प्रतिशतको आधारमा भाडादर कायम गरिएको छ । उपत्यका बाहिर बस सेवा प्रदान गर्नेले २० प्रतिशतसम्म भाडादर बढाएर लिन पाउनेछन् ।