डोटी । लगातार ३ दिन देखि परेको वर्षाका कारण सेती नदीमा बाढीको बहाव बढेको छ । बाढी अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ को कार्य बन्दा गरिएको हो ।
निरन्तर आएको बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउने जाने कार्यमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।
पुलबाट हुने आवतजावतको कार्य बन्द भएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायतका छिमेकी जिल्ला अछाम र बाजुरा आवतजावतका क्रममा आएका दर्जनौं सवारी साधनहरु अहिले पिपल्ला बजारमा रोकेर सुरक्षाकासाथ पार्किङ गरिएका छन ।
बाढी मापन केन्द्रका अनुसार ,डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढीजलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमामाथि गरिएको पानीको बहाव मापनका अनुसार ८. ४ क्युसेक पुगेको छ । उक्त मापनका आधारमा यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३. ५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्छ ।
सेति नदिमा लगातार तीन दिनदेखिको वर्षाका कारण नदीमा बहाव बढेपछि क्षेती तिन्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
लगातार ३ दिन देखीको वर्षाका कारण नदीमा बहाव बढेको छ । नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासमा बस्ने नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष रातिको समयमा सचेत रहि बस्नका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।
विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी नेपाली सेना, तथा सशस्त्र प्रहरीलाई उक्त क्षेत्रमा हुनसक्ने क्षेती ब्यावस्थापनका लागि ‘हाइअलर्ट’ मा बस्न समेत निर्देशन दिइएको प्रजिअ विष्टले जानकारी दिए ।
सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्तीसमेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारका अनुसार सेति नदिमा आएको बाढीका कारण वरिपरिका बस्ती समेत डुबानमा परेका छन ।
लामो समय परेको पानिका कारण अहिले त्यहाँका स्थानियवासिन्दाहरु आपतमा परेका छन । सेतीमा आएको निकै ठूलो बाढीका कारण पुल बजारवरपरका पसल तथा घरमा समेत बाढी पसेको र त्यहाँका स्थानियवासिन्दाहरु रातभरी सुत्न नपाएको स्थानीयवासि मेरिसा परिवारले बताइन ।
सेती नदीमा बढेका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, बारपाटा, दिपायल, घोल्तडा, कैलडा भागेतडा, तथा नारीदाङका स्थानीयवासी त्रसित बनेका हुन ।
इलाका प्रहरी कार्यालय दिपायल र प्रहरीचौकी तिल्तालीको टोलीले अहिले नागरिकको सुरक्षाका लागि नदी क्षेत्रमा नजान तथा सचेत रहनका लागि माइकिङ द्धारा जानकारी दिइरहेका छन ।
अहिले यस ठाउँका विभिन्न ठाउँमा जाने ग्रामिण सडक बढी बन्द भएका छन । बाढीको प्रभावका कारण विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दर्जनभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीका कारण अहिलेसम्म जिल्लामा मानवीय क्षति भने नभएको जनाएको छ ।