महाकालिमा बाढी : हेलिकप्टरबाट उद्धार गरिँदै, सयौं नदीमा फसे

कैलाली । महाकाली नदीमा भिषण बाढी आएको छ । निरन्तर बर्षाका कारण महाकालीमा भिषण बाढी आएको हो । बाढीका कारण नदी आसपास र टापु क्षेत्रमा सयौं जना फसेका छन् । टापु आसपास फसेकाहरुले रुखमा चढेर ज्यान जोगाइरहेका छन् ।

यस्तै नदी आसपास फसेकाहरु बचाउन अपिल गर्दै गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । टापु आसपास फसेकाहरुको उद्धार गर्न नसकिएको कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए ।

त्यहाँ पुग्न सजह नभएका कारण उद्धार गर्न सकिएको छैन । हेलिकप्टरबाट प्रयास भइरहेको उनले बताएका छन् । बर्षाकम हुँदै जाँदा पनि पानीको सतहमा कुनै परिवर्तन देखिएको छैन । खतरा भन्दा बढि पानीको बहाव महाकालीमा छ ।

सयौं घरहरु नदी आसपास डुबानमा परेको छ । भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबरलगायतका घरहरु डुबानमा परेकाे स्थानीय प्रशासनले जनाएको छ ।

हेलिकप्टरबाट उद्धार गरिँदै
बाढीका कारण नदी आसपास र टापु क्षेत्रमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार गरिँदै छ । टापुमा फसेकाहरुलाई प्रहरीले उद्धारको निरन्तर प्रयास गरेपनि उद्धार गर्न नसकेपछि हेलिकप्टरबाट उद्धार गर्न लागिएको हो ।

टापु क्षेत्रमा बाढीका कारण सजहै पुग्न कठिन छ । त्यसैले रुखमा चढेर बसेकाहरुलाई उद्धार गर्न हेलिकप्टरको आवश्यक भएको कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए ।

टापु आसपास सयौं फसेका छन् । यस्तै महाकाली नढी आसपास थप सयौं फसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.