गर्भवती र सुत्केरीलाई बाँडिएको चनामा किरा भेटिएपछि ...
चना गत वर्ष नै प्याकिङ गरिएको थियो ।

ईश्वर तामाङ
उदयपुर। २० भदौ

उदयपुरको कटारी नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई वितरण गरेको पोषणयुक्त चनामा किरा भेटिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत कटारी-८ मा वितरण गरिएको चनामा किरा भेटिएको हो ।

चनामा किरा भेटिएपछि उपमेयर भीमकुमारी राउतले विज्ञप्ति जारी गरेर चना नखान आग्रह गरेकी छन् । उनले उक्त चना नगरपालिकाले फिर्ता लग्ने बताइन् ।

कटारी-१२ मा बिहीबार र ८ मा शुक्रबार चना बाँडिएको थियो । १२ को विवरण भने नगरपालिकाले प्राप्त गरिसकेको छैन । चना गत वर्ष नै प्याकिङ गरिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.