पहिरोमा परी दुई जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । ३ दिनदेखि लगातार वर्षाका कारण कालिकाेट र डडेलधुरामा २ जना को मृत्यु भएको छ । बाढीपहिरोमा परेर २ जना घाईते भएका छन । गृहमन्त्रालयका अनुसार , कालिकोट र डडेलधुरामा १/१ जना घाइते भएका छन ।


लगातारको वर्षका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेकोे अपस्थामा उद्धार गरिएको थियो । उनको अवस्था भने सामान्य रहेका गृहमन्त्रालयले बताएको छ ।

यसैगरी लगातारको वर्षाकै कारण डडेलधुर गाँउपलिका –१ भात्काडाका विष्णु अवस्थीकाे कच्चि घरमथि पहिरो खस्दा उनको पनि मृत्यु भएको छ ।

उक्त पहिरोमा परी उनकी ६ वर्षिय छोरी पनि घाइते भएकी छिन । उद्धार गरी दुबैैजनालाई उद्धार गरी डडोलधुरा अस्पताल लगेपछि चिकित्सकले उनलाई मृतक घोषणा गरेका थिए भने उनकी छोरी सरिताको भने सोहि अस्पतालमा उपचार भईरहेको गृहमन्त्रिले बताएका छन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.