सिजरबाट सिकिस्त बनेका बालकलाई आर्थिक सहयोग

खोटाङ । सिजरको समस्याबाट सिकिस्त बनेका वालकलाई आर्थिक सहयोग जुटेको छ । जन्मेको केही महिनापछि नै सिजरको समस्याबाट सिकिस्त बिरामी परेका हलेसी तुवाचुङ नगरपालिका९ सल्लेका संयोग राईको उपचारका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको हो ।

हाल उपचारका लागि नेपाल मेडिकल कलेज काठमाडौं, जोरपाटीमा राखिएका बालकको उपचारका लागि खोटाङ सेवा समाज काठमाडौंका अध्यक्ष राकेश राईको पहलमा सहयोग जुटेको हो । समाजका अध्यक्ष राई र समाजसेवी दीर्घ राईले अस्पतालमै पुगेर पाँचरपाँच हजार रुपैयाँ संयोगका बुबा शैलेश र आमा ख्यामला राईलाई हस्तान्तरण गरेका छन् ।

गम्भीर बिरामी परेका संयोगलाई १३ असोजमा अस्पताल भर्ना गरिएको थियो । भर्नालगत्तै १३ दिन भेन्टिलेटरमा र त्यसपछि आईसीयूमा सारिएका बालकलाई मंगलबार सामान्य बेडमा सार्ने तयारी गरिएको छ ।

बालकको उपचारका क्रममा तीन लाख रुपैयाँको हाराहारीमा खर्च भइसकेको छ । सिजरबाट बिरामी परेका बालकको उपचारका क्रममा आर्थिक समस्या भएको जानकारी भएपछि सहयोग गरिएको समाजका अध्यक्ष राईले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.