कन्काइ माईको बाढीले घेरियो हुकलवारी

झापा ।  झापाकोगौरीगञ्जस्थित गौरीगञ्ज हुकलावारी क्षेत्रलाई कन्काई माइ नदीको बाढीले घेरेपछि सम्पर्क बिच्छेद बनेको छ ।

कन्काइ माई नदीको बिचमा रहेको हुकलवारीलाई चारैतिरवाट नदीले घेरेपछि हुकलवारी सम्पर्क बिच्छेद भएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवण तिमल्सिनाका अनुसार नदीले घेरिएको हुकलवारीमा उद्धारका लागि रातिदेखि गरिएको प्रयास सफल हुन सकेको छैन् । पानी पर्न कम भएपछि तत्कालै उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्ने उनको भनाई छ ।

हुकलवारीमा जान प्रयोग भईरहेको स्थानीयका डुुंगा हिजो राती नै बाढीले वगाएकोले प्रभावित व्यक्ति रातभरी चर्चमा बसेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.