रौलेश्वरमा घर भत्किँदा एकको मृत्यु, दुई घाइते

बैतडी । बैतडीको सुर्नया गाउँपालिका– ५ रामकी बरायलमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा ७१ वर्षकी परुदेवी महरा छिन् ।

५५ वर्षीया सरस्वती विष्ट र उनकी बुहारी ३० वर्षीया माया विष्ट घाइते भएका छन् । लगातारको अविरल वर्षाका कारण घर भत्किएको हो । घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालले बताए ।

मंगलबारमात्रै शिवनाथ– ६ बसेडीमा घर भत्किँदा तीनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.