बा १७ च ५३४४ नम्बरको जिप बाढीले बगायो

 काठमाडाै‌ँ । गएको राति लगभग ११ बजेतिर बा १७ च ५३४४ नम्बरको जिप गढवा गाउँपालिका वडा नम्ब २ महदेवास्थित खौरा खोलाले बगाएको छ । त्यस जिबमा सवार ५ जनाले खोलामा हाम फालि सकुसल ज्यान बचाउन सफल भएका छन । तर जिव भने केहि मिटर तल खोलामा अडकेर रहेको भेटिएको र जिबमा क्षेति पुगेको दाङ जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत नर्ती र लमहीको बीचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा १ प १३३८ नम्बरको बस दुर्घटना भएको छ।

बस चिप्लिएर सडक किनारामा पल्टिएको थियो । उक्त बसमा सवार बस चालक र सहचालक मात्र रहेका थिए । उनिहरु सकुसल रहेको जिल्ला प्रहरीले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.