वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन शुरु

काठमाडाैँ । गएको ३ दिन देखि परेको भारी वर्षाका कारण कृषि वालिमा पारेको क्ष्क्षेतिको विवरण संकलनका लागि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयल जुटेको छ । आइतबारदेखि निरन्तर रुपमा परिरहेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा निकै ठुलो प्रभाव पारेको छ । अविरल भिषण वर्षाका कारण प्रदेशका विभिन्न ठाउँ
चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली लगायतका जिल्लामा कृषि बालीमा वर्षाले पारेको क्षतिको लागत संकलन कार्य सुरु गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले ‘र्यापिड रेस्पोन्स टीम’ गठन गरी तत्काल कृषि बालीमा पुगेको क्षतिको विवरण संकलन गर्ने र प्रभावित कृषकका लागि नीतिगत रुपमा सम्बोधन गर्दै जाने तयारीका साथ काम गरिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी अनुप अधिकारीले बताए ।


वर्षाका कारण उत्पन्न यस विषम परिस्थितिमा कृषकको समस्यालाई ध्यानमा राखि बालीमा भएको नोक्सानीबाट कृषकहरुले व्यहोर्नुपरेको आर्थिक क्षतिवारे मन्त्रालयले राहत उपलब्ध गराउने तयारी गरेको उनले बताएका छन । मन्त्रालयले कृषकमा परेको वालिको क्षेतिको बारेमा पुर्ण योजना तयार पार्न र क्षतिको यथार्थ विवरण एकिन गरी सम्बन्धित कृषि ज्ञान केन्द्र वा मन्त्रालयमा उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।


क्षति आँकलन गरेर पश्चात मात्र बालीमा भएको असर र प्रभावको बारेमा जानकारीश्चात कृषकको समस्या बुझ्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आपतकालीन,
समस्या र क्षति न्यूनीकरण कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १ करोड रकमलाई आवश्यकता र क्षतिको तथ्याङ्कका आधारमा कार्यविधि निर्माण गरी कृषकलाई राहत स्वरुप उपलब्ध गराउने तयारी रहेको छ । थप मौसम प्रतिकुलहुने भएकाले गर्दा कृषकहरुलाई सुरक्षित उपाय अपनाउन मन्त्रालयले सुझावसमेत आग्रह गरेका छन । ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.