काठमाडौँ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । तीन दिन यतादेखि लगातार परेको अविरल वर्षाका कारण बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो । यसअघि यो पुलको एउटा स्पाम गएको असार १७ गते अविरल वर्षाका क्रममा नै भासिएको थियो । त्यो समयमा सिरहाको बसपिट्टातर्फको स्पान भासिएको थियो ।
आज (बुद्धवार) मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिएका हुन ।
पुल निर्माणको ठेक्का भने ०६८ साल मै पप्पु–लुम्बिनी जेभीले लगभग २५ करोड रुपैयाँमा लिएको थियो । अहिले यो पुलको काम झण्डै ९९ प्रतिशत सम्पन्न भईसके थियो ।पछिल्लो समय भने लुम्बिनी बिल्डर्सले पुलको बाँकी काम सम्पन्न गरेको थियो ।