उद्धार टोली डिख्लामा, बेपत्ता २३ मध्ये दुईको शव फेला

काठमाडाैँ । लगातारको बाढीका कारण बझाङमा पहिरोले गाउँ पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ। पहिरोमा परी आपतमा परेकाहरुको उद्धारबका
हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ । नेपाली सेनाको टोलीले पहिरोमा ७२ घण्टा पछि बेपता परेका २३ जनामध्ये २ जनाको शव फेला पारेको छ । उक्त शव फेला पर्नेमा नरे पार्किका छोरा ७ बर्षिय आयुष पार्कि रहेका छन भने अर्काको अहिले सनाखत हुन बाँकी रहेको जनाइएको छ । पानीको मात्रा कम भएकाले गर्दा अहिले नेपाल प्रहरी ,शसस्त्र प्रहरी नेपाली सेनाको टोली घटना स्थलमा पुगेर बेपता भएकाहरुको खोजीकार्र्यमा जुटिरहेका छन ।

गएको आईतवार रातिदेखि परेको पानीले मंगलबार थलारा गाउँपालिका –४ डिख्लामा पहिरो खस्दा उनीहरू बेपत्ता थिए। बेपत्ता हुनेमा एकै परिवारका १८ जना सदस्य र अर्को परिवारका ५ जना रहेक छन ।

यस्तै गरी मल्लो डिख्लाका १ सय ४८ घरधुरीका जम्मा ७ सय ५४ जना विस्थापित भएका छन्। वर्षाका कारण बेपता हुनेहरु अहिले विद्यालयमा, पसल र पहिरो जोखिम नभएका बस्ती तथा घरहरुमा बसेका छन । विस्थापित भएकालाई खान, बस्न गाह्रो भइरहेको स्थानीय शिक्षक मदन साउदले बताए। उद्दार टोलीले विस्थापितका लागि राहत सामग्री र औषधी समेत त्यहाँ लगेको जनाइएको छ।अझै उदार गर्न २१ जना बाँकी रहेका छन ।

उद्दार टोलीले विस्थापितका लागि राहत सामग्री र औषधी समेत त्यहाँ लगेको जनाइएको छ। बेपत्ता भएकामध्ये अझै २१ जना फेला पर्न सकेका छैनन्।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.