काठमाडौँ ।आज बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अस्थायी आवास बनाउन आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। सरकारले बाढीपहिरो पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रूपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।बाढपिहिरो र डुबानमा परी घरबारबिहिन भएकालाई सरकारले तत्कालको समस्या समाधानका लागि ५० हजारका दरले राहत दिने भनेको छ ।
आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विपद व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएका थिए।बाढीपहिरोबाट विस्थापित भएकाहरु स्कुलमा बस्दै आईरहेका छन । विपतमा परेकाहररुलाई आपूर्ति मन्त्रालयमार्फत् खानेकुराको व्यवस्थापन गर्ने निर्णय भएको छ।
स्थायी सेल्टर निर्माणका लागि तत्काल सरकारले रु ५० हजार दिने गरी कार्यविधि अनुसार काम अघि बढाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।आज बसेको मन्त्रीपरिषदको बैठकले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूका परिवारलाई आर्थिक सहयोग दिनेसमेत निर्णय गरेको छ।