कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्लाका दर्जनौं ठाउँमा पहिरो खसेको छ ।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाँउपालिका–२ मटीया खोलामा माथिबाट सुख्खा पहिरो खस्न गई सडक पूर्ण रूपमा अवरुद्ध भएको र अहिले खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जुम्लाको हिमा गाँउपालिका–५ भूगोल पाटास्थित बिहान ८ बजे नाग्मा मुगु सडकखण्डमा माथिबाट पहिरो खस्न गई पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, कालीकोटको खाँडाचक्र नगरपालिका–२ शेरीघाटमा पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको र स्थानीय तहसँगसमन्वय गरी सडक खुलाउने पहल भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.