काठमाडौं । जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखमाथि दुर्व्यवहार भएको छ ।
बिहीबार लाठी र बाँसको भाटासहित कार्यालयमा गएर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहमाथि दुर्व्यवहार गरेका हुन् ।
उनीहरुले प्रमुखलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका थिए ।
उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।