काठमाडौं । अहिले सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर रिब्रान्डिङ गर्ने भएको छ ।सोसल मेडिया फेसबुकले युुवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमा असर पारिहेको आरोप्रत्यारोप लाग्न थालेपछि फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गर्न लागेको हो ।
अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका मालिक मार्क जुकरबर्गले यसका बारेका चर्चा गर्दै छिटै नै फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने बताएको छ । फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ । त्यसपछि मातृ कम्पनीको नयाँ ब्यानरभित्र अन्य प्रडक्टहरुसँगै सोसल साइट फेसबुकको एप पनि रहने बताइएको छ ।
वर्तमान पछिल्लो समयमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा भएपछि फेसबुक दबाबमा परेको छ । यो सँगै फेसबुकले आफुलाई केवल सोसल मिडिया भन्दा व्यापक कम्पनीको रुपमा चिनाउने उद्देश्य राखेको छ । फेसबुकले पछिलो समय स्मार्ट चश्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन शुरु गरिसकेको छ । अहिले यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको र फेसबुकलाई मेटाभर्स कम्पनीको रुपमा स्थापित गरिने भएको छ ।