श्रावनदेखिको तलब नपाएपछि कार्यालयमा अनुपस्थित कर्मचारी

वीरगञ्ज । पोखरिया नगरपालिकाका कर्मचारीले ३ महिना अगाडि देखि नै तलब पाएका छैनन । नगरपालिका राजश्व शाखाका कर्मचारीका अनुसार कार्यलयले काम गरेको स्यालरी नदिएकाले गर्दा चाडवाड मनाउन समेत समस्या परेको हो । चाडबाडमा पनि कार्यलयले स्यालरी नदिएपछि चाड समेत खल्लो भएको कर्मचारीहरको भनाई रहेको छ । ञ्जीकरण शाखाका एमआईएस अपरेटर सु्नीलकुमार साहले पनि तलब नपाउँदा घर व्यवहार चलाउन मुश्किल भएको बताए । पोखरिया नगरपालिकाले असार १० गतेभित्र गर्नुपर्ने नगरसभा अहिलेसम्म गर्न नसकेपछि सबै पक्षमा असर परेको हो । नगरसभाबाट बजेट पारित नगरेसम्म आर्थिक वर्ष २०७८÷७९ मा बजेट गर्न गर्न नपाइने उनले बताए ।

 

पोखरिया नगरपालिकाको स्थानीय सेवा व्यवस्थापन ऐन २०७७ अनुसार नगरपालिकामा कार्यरत कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च स्वरुप पाउने व्यवस्था गरेको थियो तर अहिले अन्य स्यालरीसमेत पाएका छैनन । । यस्तो रकम वडा दशैंमा समपुर्ण कर्मचारीलाई वितरण गर्ने ब्यावस्था रहेको थियो ।त्यसैले कर्मचारी कार्यालयमा आउनमा मन गर्दैनन । यदि आएपनि पनि ढिलो आउँने र काम गर्न अल्छी गर्नेगर्छन ।


नेपालीहरुको बडा दशैँ चाड सकिएलगत्तै पालिकाका १० वटै वडाबाट सेवाग्राही नगरपालिका कार्यालयमा विभिन्न सेवा लिन आउन थालेका छन । तर कर्मचारी कहिलेकाँहि आउँने र सबै कर्मचारीहरु नआउदाँ सेवाग्रहिहरु मारमा परेका हुन ।

पोखरिया नगरपालिका–९ चौकिया बैरियाबाट अपांगताको परिचपय पत्र लिन आएका सेवाग्राही कर्मचारीलाई कुरेर बसेका छन् । आज बिहान ११ बजे नगरपालिका कार्यालय पुग्दा अधिकांश शाखामा कुर्सी खाली रहेको र सेवाग्राही कर्मचारीलाई पर्खेर बसिरहेका पाइएको पोखरिया युवा समाजले जनाएको हो । ।


स्थानीय राजु गिरीले सचेत युवाले खबरदारी नगर्दा नगरपालिकाको दुराअवस्था भएको हो ।४ वर्षदेखिनै नगरसभा हुन सकेको छैन यसका कारण बजेटका बारेमा विभिन्न समस्या परेको पोखरिया नगरपालिकाका प्रशासकीय अधिकृत अशोक कोइरालाले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.