काठमाडौं । नेकपा माओवादीका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले हिजोँ साँझ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग भेट गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्ड त्यही कम्पाउण्डमै रहेको प्रधान न्यायाधीशको निवासमामा पुगेर भेट गरेका थिए ।
त्यसअघि बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, प्रचण्ड, . बाबुराम भट्टराई ,माधवकुमार नेपाल ,लगायतको छलफल केहिवेर चलेको थियो । शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएका थिए । ।
प्रधान न्यायाधीश राणाविरुद्ध कांग्रेस र माओवादी निकट वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले समेत महाअभियोगसम्म लगाउनुपर्ने अभिव्यक्ति रहेकोमा सत्ता गठबन्धनका शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सत्तामा भागबण्डा खोजेको आरोप राणामाथि उनीहरुले लगाएका छन । गएको असार २८ गतेको परमादेश जारी गर्ने अन्य चार न्यायाधीशले राणाविरुद्ध सत्तानिकट वकिलहरु प्रयोग गरेको आरोप छ ।
अदालतमा अहिले पनि थुप्रै सत्ता गठबन्धनसँग सम्बन्धित मुद्दाहरु विचाराधीन रहेका छन । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम गाँसिएको मुद्दाको फैसलाको मितिसमेत कात्र्तिक १५ लाई तोकिएको छ । उृक्त मुद्दा राणा आफैंले हेरेका छन ।
१५ दिन लामो विदापछि अदालत खुलेपछि अदालतमा राणालाई छिर्न नदिने अभिव्यक्ति सत्तानिकट वकिलहरुले दिएका छन् ।