काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । बिहीबार शुरु भएको बैठक आज शुक्रबार पनि केहीबेर अघि शुरु भएको हो ।
बैठक एमालेको १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बिहीबार बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै त्यसका लागि तयारी समिति बनाएको थियो ।