काठमाडाैँ । करिब दुई वर्ष ढिला गरी सुरु भएको कांग्रेस महाधिवेशनबारे चर्चा जारी छ । कुनै जिल्लामा वडा स्तरीय अधिवेशन सम्पन्न भएका छन, भने कहीँ हुन, सकेका छैनन् । राष्ट्रिय महाधिवेशनको मिति नजिक आएपनि महाधिवेशन हुने वा नहुनेमा शंका पैदा हुन थालेको छ ।
रसुवा, बारा र रौतहटलगायत जिल्लामा अझै पनि क्रियाशील सदस्य सूची सार्वजनिक भएको छैन । जसका कारण भदौ १८ बाट सुरु भएको वडा अधिवेशन अझै बाँकी छ ।
संस्थापनइतर पक्ष भने सभापति शेरबहादुर देउवाले महाधिवेशन लम्ब्यउन खोजको आरोप लगाउँदै आएको छ ।
केही दिन अघि मात्र गृह प्रदेश पुगेका प्रधानमन्त्री देउवाले राष्ट्रिय चुनाव गर्न निर्वाचन आयोग भएजस्तै, कांग्रेसको महाधिवेशन गर्ने स्वतन्त्र निकाय निर्वाचन समिति रहेको बताएका थिए । उनले भने महाधिवेशन गर्ने कुरा आफ्नो हातमा छैन । तर, बाढी पहिरोले महाधिवेशन कार्यतालिकालाई प्रभावित गर्न सक्छ ।
उनका यी अभिव्यक्तिलाई हेर्दा पौडेल पक्षको आरोपलाई सही मान्न सकिन्छ ।
रामचन्द्र पौडेलले आफू सधैँ महाधिवेशनको पक्षमा रहेको बताउँदै महाधिवेशनबारे छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्दा सभापतिले सुनुवाई नगरेको आरोप लगाउँदै आएका छन् ।
महाधिवेशन गराउनु पर्ने संवैधानिक सीमा पार भइसक्दा पनि नेताहरु महाधिवेशनप्रति उदासीन अवस्थामा छन् । वर्तमान केन्द्रीय कार्यसमिति नै महाधिवेशनको पक्षमा नदेखिएको आरोप लाग्न थालेको छ ।
पौडेल पक्ष महाधिवेशनमार्फत् नेतृत्वमा पुग्ने दाउमा छ भने देउवा महाधिवेशन लम्ब्याएर अर्ली निर्वाचन गर्ने सोचमा छन् ।
देउवा महाधिवेशनभन्दा अर्ली निर्वाचन गरी महाधिवेशन लम्ब्याएर आफू नेतृत्वमा रहन चाहन्छन् ।