एमालेमा दश बुँदेको प्रभाव : सुनसरी जिल्ला अध्यक्षमा विवाद

काठमाडौं । सुनसरीमा नेकापा एमाले  जिल्ला अध्यक्षको विषयलाई लिएर विवाद भएको छ । 

फागुन २३ को सर्वोच्चको फैसलाभन्दा अघिका जिल्ला अध्यक्षलाई केपी शर्मा ओली समूहले अस्वीकार गर्दा विवाद भएको हो ।

१० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत अध्यक्ष छन् । भण्डारी ओली पक्षका हुन् । बस्नेत १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरु पक्षका हुन् ।

यस अघि कात्तिक ३ मा बस्नेत र जिल्ला इञ्जार्च धर्मराज निरौलाले विज्ञप्ति जारी गरेका थिए । उनीहरुले भण्डारीले जारी गरेको विज्ञप्ति झुटो भएको उल्लेख गरेका छन् ।

बस्नेतले १० बुँदे कार्यान्वयनपछि आफू आधिकारिक अध्यक्ष रहेको उल्लेख गरेका छन् ।

फागुन २३ मा सर्वोच्चले यस अघि नेकपा एमाले र माओवादीबीच एकता भई बनेको नेकपालाई ऋषि कट्टेलको भनी फैसला गरेको थियो ।

सोही फैसलाका कारण तत्कालीन नेकपा अहिले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी गरी तीन पार्टीका रुपमा क्रयाशील छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.