काठमाडौं । २० भदौ
हृदयेश त्रिपाठी स्वतन्त्र सांसद बनेका छन् । एमालेको चुनाव चिन्ह सूर्य लिएर नवलपरासी १ बाट निर्वाचित उनी सांसदको स्वतन्त्र सूचीमा परेका छन् ।
संघीय संसद सचिवालयको आधिकारिक वेबसाइटमा प्रतिनिधिसभा सदस्यहरूको विवरणमा त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा परेका हुन् ।
स्वतन्त्र सांसदको पहिलो नम्बरमा छक्कबहादुर लामा र दोस्रो नम्बरमा त्रिपाठीलाई राखिएको छ ।
यसबारे संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनभीज्ञता जनाए । ‘उहाँ(हृदयेश त्रिपाठी) स्वतन्त्र सांसदको सूचीमा हुनुहुन्छ र’, प्रतिप्रश्न गर्दै प्रवक्ता पाण्डेले भने, ‘यसबारेमा बुझ्छु ।’