प्रतिकूल मौसमका कारण मेरापिकमा बेपत्ता शेर्पाको खोजीमा समस्या

सोलुखुम्बु । सोलुखुम्बुको मेरापिकमा हराएका छेतेन शेर्पाको खोजीमा गएका अन्तर्राष्ट्रिय पर्यटक गाइडको टोली मौसम प्रतिकूल हुँदा काठमाडौं फर्किएको छ । लुक्ला विमानस्थलमा आएको हवाई जहाज मौसम प्रतिकूल हुँदा अवतरण नभई काठमाडौं फर्किएको हो ।

मौसमका कारण टोली लुक्लामा अवतरण हुन नसकेको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए। ५ दिनदेखि मेरापिक बेपत्ता शेर्पाको खोजीका लागि ट्रेकिङ एजेन्सिज एशोसिएसन नेपाल टान, नेपाल माउन्टेनरिङ एसोसिएसन र एडभेन्चर भिक्टोरीका साथै प्रशासनको समन्वयमा पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा ७ जनाको टोली खोजीका लागि जान लागेको एडभेञ्चर भिक्टोरीका सञ्चालक लक्ष्मणमिसन कार्कीले बताए ।

यसअघि हेलिकोप्टरबाट खोजी भए पनि सफल हुन सकेको थिएन । छेतेन मेराला ओडारबाट हाइक्याम्प गएको भन्ने कुरा आए पनि उनी समिटबाट हाइक्याम्प नै आइनपुगेको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मणमिसन कार्कीले बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.