नेपालसँग मैत्रीपूर्ण खेल खेल्न सोमबार बंगालादेशको महिला फुटबल टोली काठमाडौं आउनेनेपालसँग मैत्रीपूर्ण खेल खेल्न सोमबार बंगालादेशको महिला फुटबल टोली काठमाडौं आउने
नेपाल राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेश महिला फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

काठमाडौं   । नेपाल राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेश महिला फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले यसअघि नै न्युज कारखानासँग दुई नेपाल–बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल हुने तय भएको बताएका थिए काठमाडौं   ।

आइतबार एन्फाले आधिकारिकरूपमा खेलको मिति, स्थल र टिकट मूल्य सार्वजनिक गरेको हो । नेपाल र बंगलादेशबीचको दुबै मैत्रीपूर्ण खेल काठमाडौंको त्रिपरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएको छ । खेल २४ र २७ भदौमा हुनेछ ।

यस्तै टिकट मूल्य दुई  र पाँच सय रुपैयाँ राखिएको एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेल खेल्न बंगलादेश टिम भोलि (सोमाबर) नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।  

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेणुका नगरकोटेको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका छन् । जसमा सात नयाँ अनुहार देखिएका छन् ।

नेपालले एएफसी महिला एसिया कप २०२२ छनोटको खेल अघि बंगलादेश खेल्न लागेको हो । नेपाल सम्मिलित समूह एफमा फिलिपिन्स र हङकङ रहेका छन् । खेल  उज्वेकिस्तानमा हुनेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.