काठमाडौं । महोत्तरीमा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको पुन: मत गणना भएको छ ।
मत गणनामा पराजित उम्मेदवार विजयी बनाइएको पुष्टी भएको छ ।
आइतबार भएको मत गणनामा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार रामेश्वर रायको पक्षमा भोट धेरै देखिएको छ ।
निर्वाचनमा नेपाली काँग्रेसका अरुणकुमार चौधरी र रायबीच प्रतिष्पर्धा भएको थियो ।
निर्वाचनमा राय र चौधरीले बराबर दुई ६७ मत ल्याएको थिए । गोला प्रथा गर्दा चौधरी निर्वाचित भएको निर्वाचन अधिकृत ओमबहादुर बानियाँले घोषणा गरेका थिए ।
मत बराबर हुन नसक्ने भन्दै रायले अदालतमा मुद्दा दर्ता गरेका थिए ।
उच्च अदालतले २०७५ साल असार २१ गते १५ दिनभित्र पुन: मतगणना गर्न आदेश दिएको थियो ।
आज भएको मतगणनामा रायको पक्षमा दुई सय ६८ मत र चौधरीको पक्षमा दुई सय ६६ मत खसेको पाइएको छ ।
रायका अनुसार मतगणनाको समयमा विद्युत गएको थियो । रायका अनुसार निर्वाचन अधिकृतले आफ्नो मत अर्का उम्मेदवारतर्फ जोडेका थिए । जस कारण दुवै पक्षको भोट बराबर देखिएको थियो ।