नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी
दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । 

काठमाडौं । 

दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो । 

दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए । 
खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन् । 

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १-१ को बराबरी खेलेका थिए । 

नेपाली टिम : 
गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी, 
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान 
स्ट्राइकर : नवयुग श्रेष्ठ 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.