लमजुङ । लमजुङका चार वडामा नेकपा एमालेको अधिवेशन हुन बाँकी छ ।
जिल्लाका ७५ वडाहरू मध्ये चारवटा वडामा अधिवेशन हुन नसकेकाे नेकपा (एमाले) लमजुङका अध्यक्ष धनञ्जय दवाडीले बताए ।
७५ वडा रहेकोमा विविध कारणले चार वडा अधिवेशन स्थगित भएको छ । बाँकी रहेका चारवटा वडाहरूमा सोमबारसम्म नयाँ नेतृत्व चयन हुने उनको भनाइ छ ।
नेकपा एमाले लमजुङको शनिबार ६६ वडा र आइतबार पाँचवटा वडामा नेतृत्व चयन भएका छन् ।
अधिवेशनमा जिल्लादेखि केन्द्रीय नेता आफ्नो वडामा खटिएका छन् ।
जिल्ला कमिटी अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य दवाडीले बेसीसहर नगरपालिकाको ७, दुधपोखरी गाउँपालिकाको ५ र मर्स्याङ्दी गाउँपालिकाको २ र ९ नम्बर वडामा अधिवेशन स्थगित भएको जानकारी दिए ।
सम्पन्न भएका वडाहरूमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको एमाले लमजुङले जनाएको छ । निर्वाचनको केन्द्रीय तालिकाअनुसार ९ कात्तिकमा पालिका अविधेशन हुँदैछ ।