सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले सोमबार सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधार कार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधार कार्ड नक्कली भएको प्रहरीको भनाइ छ । 

तालिवानले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारतहुँदै नेपाल प्रवेश गरेका थिए ।

उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.