काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ जना न्यायाधीशले ‘एक्सन’ लिएपछि नेपाल बार एसोसिएसन अन्योलमा परेको छ ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमबार विहान ११ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने जानकारी दिए ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा नेपाल बारले अहिले देखिएका सबै विवाद फुल कोर्टमा छलफल गर्ने, गोल प्रथाबाट पेसी तोक्ने प्रक्रिया सुरु गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि वितरणको प्रक्रिया अघि बढाउने अलिखित सहमति गरेको थियो ।
तर, १४ जना न्यायाधीशहरूले फुल कोर्ट बहिष्कार गर्ने निर्णय गरेपछि बार अलमलमा परेको छ । फुल कोर्ट बस्ने नबस्ने पनि टुंगो छैन । सर्वोच्चका १४ न्यायाधीशहरूको बैठक पनि ११ बजे बस्दैछ ।
सर्वोच्च अदालत बारले न्यायलयमा देखिएको विवादका विषयमा छलफल गर्न बवहान ११ बजे बैठक राखेको सदस्य अनन्तप्रसाद भट्टराईले जानकारी दिए ।