पाँचथरमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । पाँचथरमा यात्रुबाहक बस खस्दा दुई जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार पाँचथरबाट झापा जाँदै गरेको को१ख ३८६५ नम्बरको बस सोमबार बिहान फिदिम–४ सरखण्डेमा दुर्घटनाग्रस्त हुँदा उनीहरुको मृत्यु भएको छ । 

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक छ भने अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.