काठमाडौं । फुल कोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशको बैठक सकिएको छ ।
प्रधानन्यायाधीश राणामाथि विभिन्न आरोप लागेपछि बसेको सर्वोच्चका १४ जना न्यायाधीशको बैठकले मंगलबार साढे ११ बजे प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामूहिक परामर्श गर्ने निर्णय गर्दै बैठक सकिएको हो ।
सर्वोच्चका अधिकांश न्यायाधीशले अदालत विवादमा परेको भन्दै प्रधानन्यायाधीशले निकास दिनुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको गुटका बैठकले गर्दा सर्वसाधारणका मुद्दा प्रभावित भएका छन् ।
आज दशवटा इजलास तोकिएकामा कुनै पनि इजलसमा मुद्दामाथि सुनुवाई भएको छैन ।