प्रधानन्यायाधीश राणाले निकास दिनुपर्छ : बार एशोसिएसन

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ । 

सोमबार बसेको बारकाे बैठकले यस्तो निर्णय गरेको हो । 

पछिल्लो समय प्रधानन्यायाधीश राणामाथि कार्यपालिकामा भाग खोजेको, आफ्ना जेठानलाई मन्त्रीका लागि सिफारिस गरेको, न्यायापालिकामा विधि लागू नगरेको जस्ता आरोप लागेका छन् । 

जसका कारण राणामाथि महाअभियोगको माग र राजीनामाको माग भइरहेको छ ।   

प्रधानन्यायाधीशमाथि लागेका यिनै आरोपका कारण केही दिनदेखि सर्वोच्च र बार पदाधिकारीको बैठक जारी छ ।

सोमबारमात्रै प्रधानन्यायाधीश राणाले बोलाएको बैठकमा नगई न्यायाधीशहरुले समानान्तर बैठक बसेको थियो । 

सोही बैठकको निर्णयबमोजिम मंगलबार प्रधानन्यायाधीश राणा र न्यायाधीशबीच परामर्श हुने भएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.