काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् ।
सोमबार नेपाल प्रेस युनियन बाँकेद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पौडेलले यस्तो बताएका हुन् ।
आफ्नो टिमबाट धेरैले आकांक्षा देखाए पनि अन्तिममा सभापति एउटै हुने उनको भनाइ छ ।
‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ ।’ उनले भने ‘कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ, तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ।’
कांग्रेसको महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षी धेरै देखिएका छन् ।