यादव नेविसंघको महामन्त्रीमा नियुक्त
यादव पार्टी एकीकरणका क्रममा तत्कालीन लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार नियुक्त भएका हुन् ।

काठमाडौं। २० भदौ

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादव चयन भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेविसंघको महामन्त्रीमा यादवलाई आइतवार नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण पौडेलले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.