प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको ‘वारपार’ बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट सर्वोच्च अदालतका १४ न्यायाधीशहरूको बैठक बस्दै छ ।

एक पटक प्रधानन्यायाधीशको कुरा सुनेर थप निर्णय लिने निष्कर्ष निकालेका १४ न्यायाधीशले मंगलबार विहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् ।

प्रधानन्यायाधीशको एकपल्ट धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय गर्ने न्यायाधीशहरूको तयारी छ ।

न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नु पर्ने वा सार्वजनिक रूपमा विगतका कमी कमजोरीहरू सच्याउने पर्ने बताएका छन् । भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन, भनेर विश्वस्त आधार तयार पार्नु पर्ने बताउँदै आएका न्यायाधीशहरु यति बेला एका एक राणाले मार्ग प्रशस्त गर्नु पर्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानन्यायधाीशसँग सामूहिक भेट भनिए पनि असन्तुष्ट न्यायायधीशका तर्फबाट एक जनाले मात्र धारणा राख्ने बताइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.