काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले अहिले कसैको पनि पक्षधर नबन्ने बताएका छन् ।
प्रेस चौतरी मोरङद्वारा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
एमालेले प्रधानन्यायाधीशको राजीनामा पनि नमाग्ने र महाभियोगको पक्षमा पनि नउभिने उनले संकेत गरे ।
'हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो ।’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’
परमादेशभन्दा अघि भएको सेटिङको परिणाम अहिले देखिएको उनको भनाइ छ ।