प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीश राणामाथि कार्यपालिकामा भाग खोजेको, प्रचण्डलाई सुटुक्क भेटेको, न्यायालयमा मुद्दा गोला प्रथाबाट लागू नगरेको जस्ता आरोप लागाउँदै सोमबार समानान्तर बैठक बसेका न्यायाधीश र प्रधानन्यायाधीश जबराबीच मंगलबार छलफल सुरु भएको हो । 

सोमबार सर्वोच्चका न्यायाधीशको बैठकले मंगलबार (आज) प्रधानन्यायाधीश जबरासँग परामर्श गर्ने निर्णय गरेको थियो । 

प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए ।

सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । 

प्रधानन्यायाधीशको राजीनामा माग भइरहेका बेला प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफललाई चासोका साथ हेरिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.