काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरूबीचको छलफल सकिएको छ ।
प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकामा भाग खोजेको, प्रचण्डसँग सुटुक्क भेटेको, न्यायालयमा मुद्दा गोला प्रथाबाट लागू नगरेकाे जस्ता आरोप छ । सोमबार समानान्तर बैठक बसेका न्यायाधीश र प्रधानन्यायाधीश जबराबीच मंगलबार भएको छलफल भर्खरै सकिएको हो ।
छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
न्यायाधीशहरु पुन: छलफलका लागि तयारी गर्दैछन् । न्यायाधीशहरुले आजको इजलासमा भाग नलिने भएका छन् ।
राणाले मंगलबारका लागि आफूबाहेक न्यायाधीशहरुका लागि इजलास तोकेका छन् ।