सबैले राजीनामा दिए म पनि तयार छु : प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादमा तानिएका सबैले राजीनामा दिन तयार भए, आफू पनि राजीनामा दिन तयार रहेको बताएका छन् ।

सोमबार प्रधानन्यायाधीश जबराप्रति असन्तुष्ट रहेका १४ न्यायाधीशबीच भएको बैठकको निर्णयबमोजिम मंगलबार प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको बैठक/छलफलमा जबराले यस्तो बताएका हुन् । 

प्रधानन्यायाधीश जबरा र न्यायाधीशबीच मंगलबार सर्वोच्चमा छलफल/बैठक भएको हाे । 

प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै सर्वोच्च स्रोतले भन्यो, 'विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो, भने मैले पनि राजीनामा दिन्छु । सडकको आवाजका भरमा राजीनामा दिने हो, भने न्यायपालिका बँच्न सक्दैन । म संवैधानिक बाटोबाट आएको हो, संविधानको व्यवस्थाअनुसार नै कायम रहन्छु ।'

प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि १४ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर राजीनामा दिन आग्रह गरेका छन् । 

मंगलबार प्रधानन्यायाधीश जबराले १५ जना न्यायाधीशलाई आठ वटा इजलास तोकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.