महिनावारी भएको बेला छाउगोठमा बसेकी दैलेख ठाटीकाँध गाउँपालिका–१ की निशा विक । सरकारले विभिन्न चेतनामुलक कार्यक्रममार्फत छाउगोठमा नबस्न आग्रह गर्दै आए पनि यहाँका महिला महिनावरी भएका बेला छाउगोठमा बस्न बाध्य छन् ।
महिनावारी भएको पाँच दिन उनीहरू यसरी घरभन्दा परको गोठमा पाँच रात बिताउन बाध्य छन् । राती ओछ्यानमै शीत पर्ने हुँदा यो पाँच रात उनीहरूको नसुतेरै बित्छ ।
