ओलीको प्रश्न : 'किन एक जनाको मात्र राजीनामा माग्नु हुन्छ, श्रीमान् ?'

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूको भूमिका अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन् ।

एकै पटक सात सय ५३ स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताए ।

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नु भएको हो नि ।’ ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान् ?’

अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनु पर्नेमा जोड दिँदै उनले अदालतमा तमासा देखाउन नहुने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.