रुकुम-पश्चिम सोती घटनाका साक्षीको बकपत्र आजबाट सुरु

काठमाडौं । रुकुम-पश्चिमको सोती घटनाका साक्षीको बकपत्र आजबाट सुरु हुने भएको छ ।

यसका लागि मंगलबार जिल्ला अदालतमा वादीतर्फका ३९ जना र प्रतिवादी तर्फका २३ जनालाई हाजिरी गराइएको छ । उनीहरुको बकपत्र आगामी शुक्रबारसम्म गराइ सक्ने योजना छ ।

गत वर्ष जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.