देउवाले पोखे ओलीप्रति आक्रोश

काठमाडौं । प्रधानमन्त्री देउवाले ओलीप्रति आक्रोश पोखेका छन् । आफ्नो सरकारलाई परमादेशको सरकारको संज्ञा दिएको भन्दै उनले तरुण दलको कार्यक्रमलाई संबोधन गर्ने क्रममा ओलीप्रति आक्रोश पोखेका हुन् ।

मंगलबार ओलीले परमादेश सरकार बनाउनेहरुको सर्वोच्चमा खैलाबेला भएको टिप्पणी गरेका थिए । 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत बारेमा धेरै बोल्न नमिल्ने पनि बताएका छन् । 

केही दिनयता सर्वोच्चमा देखिएको विवादलाई लिएर राजनीतिक दलले मुख नखोलेको आरोप लागिरहेका बेला प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो । 

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताएका छन् । 

‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ, भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन, जस्तो लाग्दछ मलाई । अरु कुरा धेरै केही भन्नु छैन, तपाईहरुलाई ।’ उनले भने, ‘हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरु छन्-न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.