काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ ।
बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
वर्तमान प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न अक्षम भएको उनीहरुको विश्लेषण छ ।
‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व गर्न अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।