प्रदेश प्रमुखसमक्ष शाक्यले बुझाइन् राजीनामा पत्र

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएकी छन् । बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मार्गप्रशस्त गर्ने घोषणा गरेकी उनले यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी हुन् ।

प्रदेश सभा बैठकबाट बाहिरिएर उनी सोझै प्रदेश प्रमुखको कार्यालय पुगेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअ घि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र प्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.